ललितपुरमा एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइयो

1 year ago

ललितपुरमा एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइयो

 

ललितपुरमा एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइएको छ । ललितपुरमा हरेक बर्ष एउटा घोडा दौडाएर घोडे जात्रा मनाईदैँ आएको छ ।

ललितपुरको भीमसेनस्थानमा नेपाली सेनाको क्याभलरीबाट एउटा घोडा पु¥याइन्छ । भीमसेन गुठीका सम्पूर्ण गुठियारले आवश्यक परम्परागत विधिपूर्वक पूजा गरी आजुहरूले चुनेका गुठियारमध्ये कुनै पनि व्यक्तिलाई घोडा चढाउनुका साथै घोडा चढ्नेलाई सम्मानस्वरूप भीमसेनस्थानबाट ल्याएको फूलमाला पहि¥याइ, टीका पूजा गरिन्छ । त्यस स्थानदेखि एकल घोडेजात्रा सुरु हुन्छ । पाटनको मूलचोकबाट सुरु भई बिभिन्न स्थान हुदै बालकुमारी परिक्रमा गरी फेरि भोल गणेश हुँदै बालकुमारीमै घोडायात्रा फर्किन्छ । नगर परिक्रमापछि घोडचढीलाई गुठी संस्थानका प्रमुखले पान, सुपारी र दक्षिणा दिई विदावारी गरेपछि ललितपुरको एकल घोडजात्रा सम्पन्न हुन्छ ।