लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति द्वारा काठमाडौंमा विरोध प्रदर्शन

1 year ago

लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति द्वारा काठमाडौंमा विरोध प्रदर्शन

 

लघुवित्त संस्थाहरूले ज्यादती गरेको भन्दै लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

लघुवित्त संस्था खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने लगाएतका ५ बुँदे माग राख्दै संघर्ष समितिले मंगलबार काठमाडौंको माइतिघरमा बिरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनका लागि समितिले बिभिन्न जिल्लाबाट सर्वसाधारणलाई काठमाडौं ल्याएको थियो । प्रदर्शनका सहभागीहरुले लघुवितिय संस्थाहरुले पिडा दिएको भन्दै सरकारले आफ्ना समस्या समाधानका लागि पहल गरिदिनुपर्ने धारणा राखेका थिए । प्रदर्शनपछि आयोजित सभामा व्यवसायी दुर्गा प्रसाईले सर्वसाधारणहरुको समस्या राज्यले बुझ्नुपर्ने बताउनुभयो । उहाले बैंक तथा बित्तिय संस्थाहरुले गरेको ज्यादती विरुद्ध राज्य मौन बस्न नमिल्ने तर्क गर्नुभयो ।

पछिल्लो समय लघुवित्त संस्थाले ज्यादती गरेको भन्दै मुलुकका बिभिन्न स्थानमा विरोध भइरहेका छन् ।