लाओस र भुटानको राष्ट्रिय फुटबल टोली नेपालमा

1 year ago

लाओस र भुटानको राष्ट्रिय फुटबल टोली नेपालमा

 

प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि लाओस र भुटानको राष्ट्रिय फुटबल टोली नेपाल आईपुगेका छन् ।

भुटानको राष्ट्रिय फुटबल टोली सोमबार बिहान र लाओसको टाली मध्यान्ह नेपाल आएका हुन् । लाओसको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाह लगायतले स्वागत गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुँदैछ । प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् । पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् । त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने छन् । नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको प्रशिक्षणमा प्रतियोगिता खेल्नेछ ।यस अघि नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।