राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले शनिबार काठमाडौंमा बृहत प्रदर्शन गरेको छ । 

1 year ago

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले शनिबार काठमाडौंमा बृहत प्रदर्शन गरेको छ । 

 

नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने लगाएतका माग राख्दै काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखेर महाअभियानले प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि आयोजित सभामा व्यवसायी दुर्गा प्रसाईंले अहिलेका नेताहरुले देश बिगारेको आरोप लगाउनुभयो । उहाले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउनका लागि नागरिकहरु एक हुनुपर्ने धारणा राख्नुभयो । उहाले बैंक तथा बित्तीय संस्थाहरुले धेरै दुःख दिएको टिप्पणी समेत गर्नुभयो ।


पूर्व राजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर झापाबाट सुरु भएको आन्दोलन भैरहवालगायत देशका बिभिन्न ठाउँमा सम्पन्न भएर काठमाडौं आइपुगेको हो ।