राष्ट्रपतिको निर्वाचन पश्चात् देशमा वृहत् सहमतिको सरकार बन्छः नेता सिंह

1 year ago

राष्ट्रपतिको निर्वाचन पश्चात् देशमा वृहत् सहमतिको सरकार बन्छः नेता सिंह

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले राष्ट्रपतिको निर्वाचन पश्चात् देशमा वृहत् सहमतिको सरकार बन्ने बताउनुभएको छ ।

बिहीबार धनुषामा सञ्चारकर्मीसंग कुरा गर्दै नेता सिंहले अहिले आठ दलबीच भएको सहमति अनुसार नै राष्ट्रपतिको निर्वाचन पश्चात् देशमा वृहत् सहमतिको सरकार बन्ने बताउनुभएको हो । उहाले बिथोलिएको राजनीतिक वातावरण सहि ट्रयाकमा आएको पनि बताउनुभयो । निर्वाचन अघि बनेको गठबन्धन केहि समय असहताका साथ अघि बढेपनि अहिले जनताको जनमत अनुरुपका राजनीतिक परिस्थीति निर्माण भएको उहाले बताउनुभयो । उहाले राष्ट्रपतिमा रामचन्द्र पौडेलको जीत सुनिश्चीत रहेकाले अव कुनै दुविधा नराख्न आग्रह गर्नुभयो ।

उहाले हरेक चुनौतिको सामना गर्दै सहज राजनीतिक वातावरण निर्माण गरेर मुलुकलाई अघि बढाउने दायित्व सवै दलसामू आएको जिकिर गर्नुभयो ।