राष्ट्रपतिको निर्वाचनका लागि भएको मतदानको मतगणना चल्दै

1 year ago

राष्ट्रपतिको निर्वाचनका लागि भएको मतदानको मतगणना चल्दै

 

नयाँ राष्ट्रपतिको निर्वाचनका लागि भएको मतदानको मतगणना भइरहेको छ ।

मतगणनापछि आजै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदानमा तीन सय १३ संघीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ । नेपालको तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा ९एमाले०का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ । राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।