राजनीतिमा फउल खेल्नेहरुले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएः ओली

1 year ago

राजनीतिमा फउल खेल्नेहरुले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएः ओली

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा फउल खेल्नेहरुले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको बताउनुभएको छ ।

पार्टी निकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रिय कमिटीको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राजनीतिमा फउल खेल्नेहरुले झण्डै दुई तिहाइमा पुगेको कम्युनिष्ट आन्दोलन र पार्टीलाई कमजोर बनाएको बताउनुभएको हो । ओलीले बिधि र प्रक्रिया भन्दै पार्टी फुटाएर प्रतिक्रियावादीहरुलाई बुझाउने दुष्चेष्टा समेत भएको जिकिर गर्नुभयो । राजनीतिक फउल खेलेपनि वास्तविक सफलता प्राप्त भने गर्न नसकेको उहाको भनाइ छ । उहाले कुनै पनि क्षेत्रको श्रेष्ठता हालिस बेइमानीले नभई इमान्दार अभ्यासबाट हासिल हुने धारणा राख्नुभयो । अध्यक्ष ओलीले खेल र चलखेलमा धेरै फरक रहेको भन्दै एमााले चलखेलमा नभइ खेलमा सहभागी हुने बताउनुभयो ।

उहाले नेपालको खेल क्षेत्रलाई अन्तराष्ट्रिय जगतमा चम्काउनका लागि महासंघले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।