महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र नभई समुदायकै विकासको रुपमा लिनुुपर्छः मन्त्री शर्मा

1 year ago

महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र नभई समुदायकै विकासको रुपमा लिनुुपर्छः मन्त्री शर्मा

 

सञ्चार तथा सूूचना प्रविधि मन्त्री रेखा शर्माले महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र नभई समुदायकै विकासको रुपमा लिनुुपर्ने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा नारी अनलाइन पत्रिकाको शुुभारम्भ गर्दै मन्त्री शर्माले विभिन्न आन्दोलन र युद्धको परिणामस्वरुप हरेक क्षेत्रमा महिलाको भूमिका बढ्दै भन्दै महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र नभई समुदायकै विकासको रुपमा लिनुुपर्ने बताउनुभएको हो । उहाले पुरुष असफल हुँदा व्यक्ति असफल हुने र महिला असफल हुँदा महिला समुदाय नै असफल हुने भएकाले महिलालाई असफल हुने छुट नभएको बताउनुभयो । मन्त्री शर्माले जुनसुुकै क्षेत्रमा रहेका महिलाहरुले आफूलाई सफल बनाउनुका लागि प्रयत्न गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाले सञ्चारमाध्यमले राम्रो कामका लागि उत्प्रेरित गर्ने प्रेरणादायी सामग्रीको खोजी बढाउनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै उहाले विभिन्न आन्दोलन र युद्धदेखि सदनभित्र संविधान र कानुुन बनाउने बेलासम्म महिलाले बढी जिम्मेवारी बहन गर्दै आएको उल्लेख गर्दै महिलाको योगदानको यथोचित कदरसहित क्षमताअनुुसार अवसर प्रदान गर्ने वातावरण बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।