मन्त्रीहरुले अति आवश्यक बाहेकका अवस्थामा बैदेशिक भ्रमण गर्न नपाउने

1 year ago

मन्त्रीहरुले अति आवश्यक बाहेकका अवस्थामा बैदेशिक भ्रमण गर्न नपाउने

 

सरकार मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीहरुले अति आवश्यक बाहेकका अवस्थामा बैदेशिक भ्रमण गर्न नपाउने भएका छन् ।

मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सरकारका मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीहरुले अव उप्रान्त अति आवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण नगर्ने निर्णय गरेको जानकारी दिनुभयो । त्यस्तै बैठकले पूर्वमुख्यसचिव लीलामणी पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरिय तलव सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले यती एयरलाइन्स बिमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय पनि गरेको प्रवक्ता शर्माले बताउनुभयो । त्यस्तै बैठकले सेनाको महासेनानी पद १ र सहायक रथी पद १ मा बढुवा गरि पदस्थापन गर्ने, नेपाल र अमेरिका अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय पनि गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

बैठकले नागढुङ्गा नौविसे मुग्लिन सडकखण्ड विस्ताका लागि सडक सिमाभित्रका १ सय २१ घरटहरा भोगचलन गर्ने व्यक्तिहरुलाई क्षतिपूर्ति दिएर घरटहराहरु हटाउनका लागि स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ ।