माओवादी आन्दोलनका सबै धारलाई एक ठाउँमा आउन प्रचण्ड आह्वान

1 year ago

माओवादी आन्दोलनका सबै धारलाई एक ठाउँमा आउन प्रचण्ड आह्वान

 

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले माओवादी आन्दोलनका सबै धारलाई एक ठाउँमा आउन आह्वान गर्नुभएको छ ।

‘सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशन’ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले जनयुद्ध र मुलुकको परिवर्तनपछि आफू लगाएत यसका घटकहरु राष्ट्रिय अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको भन्दै अव एक ठाउँमा केन्द्रित हुने समय आएको बताउनुभएको हो ।

उहाले जनयुद्धका पक्षघरहरु एकै ठाउमा आउन सके कुनै शक्तिले कमजोर बनाउन नसक्ने जिकिर गर्नुभयो । प्रचण्डले माओवादीविरुद्ध निरन्तर षड्यन्त्र भइरहेकाले आफ्ना तर्फबाट भ्रम चिर्न आग्रह गर्नुभयो । उहाले वर्तमान सरकारले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिएको तथा सहिद घोषणाका लागि राजपत्रमा सूचना प्रकाशित गर्नेलगायत निर्णय गरेपछि केहिलाई सह्य नभएको उल्लेख गर्नुभयो ।

त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास भइरहेकाले एकता गर्न नसकेपछि कार्यगत एकता जरुरी रहेको धारणा राखनुभयो । एउटा बहालवाला प्रधानमन्त्रीलाई तीन वर्षअघिको कुरालाई दिएर मुद्दा लगाएर निहुँ खोज्ने काम भएको उहाले बताउनुभयो । उहाले अव एकतामा जादा माओवादी शब्द राख्न आवश्यक नरहेको उहाको भनाइ छ ।

त्यस्तै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिले पनि जनयुद्धका घटकहरुलाई बिभिन्न बहानामा राज्यबाट अपमान र पिडा दिइरहेको बताउनुभयो । सहिद परिवारको अवस्था नाजुक भएको, बेपत्ताको अवस्था सार्वजनिक हुन नसकेको अवस्थामा राज्य गम्भीर हुनुपर्ने उहाले बताउनुभयो ।

त्यस्तै अन्य नेताहरुले यसअघिको माओवादी आन्दोलनलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।