भूमि अभियान्तामाथि लगाइएको झुठो मुद्धा खारेज गर्नुपर्ने माग राख्दै विरोध प्रदर्शन

1 year ago

भूमि अभियान्तामाथि लगाइएको झुठो मुद्धा खारेज गर्नुपर्ने माग राख्दै विरोध प्रदर्शन

भूमि अभियान्तामाथि लगाइएको झुठो मुद्धा खारेज गर्नुपर्ने माग राख्दै सुकुम्वासीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले सोमबार काठमाडौंको माइतिघरमा भूमि अभियान्ता पक्राउको विरुद्ध र निसर्त रिहाईका लागि भन्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले नदि किनार लगाएतका स्थानमा रहेका सुकुम्वासीहरुलाई हटाउन खोजिएको भन्दै काठमाडौं महानगरबिरुद्ध चर्का नारावाजी गरेका थिए । आफुहरुलाई भूस्वामित्व नभएसम्म आन्दोलन जारी रहने उनीहरुले चेतावनी दिएका छन् ।