‘बर्सातको पानी संकलन ः पानीको संरक्षण र जलवायु परिवर्तनका असर सम्बोधन’सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु

1 year ago

‘बर्सातको पानी संकलन ः पानीको संरक्षण र जलवायु परिवर्तनका असर सम्बोधन’सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु

 

‘बर्सातको पानी संकलन ः पानीको संरक्षण र जलवायु परिवर्तनका असर सम्बोधन’सम्बन्धी राष्ट्रिय सम्मेलन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ ।

नेपालमा पानीको सङ्कट न्यूनीकरण गर्ने उपायहरुको खोजी गरी कार्यान्वयनमा ल्याउने उद्देश्यले खानेपानी मन्त्रालयसँगको समन्वयमा स्मार्ट वास सोलुसन्स र वाटर एड नेपालले दुई दिने सम्मेलन आयोजना गरेको हो ।

स्मार्ट वास सोलुसन्स प्रालिका अध्यक्ष रामदीप साहले दिगो विकासको लक्ष्य प्राप्ति, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा जलउत्पन्न प्रकोप न्यूनीकरणका लागि सम्मेलनमा छलफल हुने जानकारी दिनुभयो । बर्सातको पानी सङ्कलनसम्बन्धी आवश्यक योजना तर्जुमा गर्दै यस बिषयलाई स्थानीय तहमार्फत देशव्यापी बनाउनका लागि बिज्ञहरुको सुझाव लिइने उहाले बताउनुभयो ।

सम्मेलनको समापन गर्दै सोमबार काठमाडौँ घोषणा जारी गरिने आयोजकले जनाएको छ ।

स्मार्ट वासले खानेपानी मन्त्रालयको समन्वय र विभिन्न संस्थाको सहयोगमा २०२० पनि बर्सातको पानी सङ्कलनसम्बन्धी राष्ट्रिय सम्मेलन गरेको जनाएको छ ।