प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको तयारी पुरा

1 year ago

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको तयारी पुरा

 

अखिल नेपाल फुटबल संघ एन्फाले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ ।

एन्फाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत्र ८ गतेदेखि १७ गतेसम्म हुने प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो । प्रतियोगीतामा नेपाल, भुटान र लावस सहभागी हुनेछन् । तीन राष्ट्रहरुले दशरथ रंशालामा सिंगल राउन्ड रोविन आधारमा खेल खेली उत्कृष्ट दुई राष्ट्रबीच फाइलन खेल खेलाइने एन्फाले जनाएको छ । प्रतियोगीता फिफा विन्डो अन्तर्गतका मितिहरुमा खेलिने एन्फा प्रवक्ता सुरेश शाहले जनकारी दिनुभयो । उहाले प्रतियोगीतामा प्रथम हुने राष्ट्रलाई ५ हजार अमेरिकी डलर, द्धितिय पुरस्कार तीन हजार अमेरिकी डलर, हरेक खेलको म्यान अफ द म्याचलाई २५० र प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई ५ सय गरि कुल ९ हजार ९ सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने शाहले बताउनुभयो । प्रतियोगिताको अनुमानित बजेट १ करोड ७७ लाख ६८ लाख रुपैया रहेको उहाले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले वरीयताकै आधारमा कसैलाई कमजोर भन्न नसकिने भन्दै आफूभन्दा कमजोर टिम भुटान र लावसलाई आमन्त्रण गरिएको आलोचनाको बचाउ गर्नुभयो । प्रतियोगीता अन्तर्गत पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् । त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने छन् । प्रतियोगीताका लागि भुटान र लाओसको टीम नेपाल आइसकेको छ ।