प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको एमालेको आरोप

1 year ago

प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको एमालेको आरोप

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा एमाले सांसदहरुले प्रधानमन्त्री स्वयं संसद्मा रहँदारहँदै अर्को व्यक्तिलाई पेस गर्न दिनु संसद्प्रतिकै अवहेलना भएको भन्दै विरोध जनाएका हुन् साथै उनीहरुले महत्वपूर्ण बिधेयकहरु मन्त्रीलाई पेश गर्न दिएर प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको आरोप लगाएका छन् ।

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी (पहिलो संशोधन) विधेयक पेस गर्नका लागि प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचाप्रविधिमन्त्री रेखा शर्मालाई समय दिएपछि एमाले सांसद योगेश भट्टराईले प्रधानमन्त्री नै संसदमा उपस्थीत भएको अवस्थामा अर्को मन्त्रीले बिधेयक पेश गर्नु सुहाउदो नभएको भन्दै बिधेयक पेशका लागि प्रधानमन्त्रीलाइ रुलिङ गर्न माग गर्नुभयो ।

त्यस्तै एमाले सांसद रघुजी पन्तले पनि सरकार जन्माउने संसदलाई प्रधानमन्त्रीले महत्व दिए संसदकै गरिमा बढ्ने बताउनुभयो । संसद्को शून्य समयमा सांसदहरुले उठाएको कुराको प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने भन्दै उहाले प्रधानमन्त्रीलाई जवाफ दिनका लागि संसद्‍बाट रुलिङको माग गर्नुभयो ।

शुन्य समयमा जनताका बिभिन्न बिषयहरुलाई सांसदले उठाएपनि सरकारले वास्ता नगरेको पन्तको भनाइ छ ।