प्रधानमन्त्रीले धोका दिएपछि आफुहरुले साथ छाडेको होः लिङ्देन

1 year ago

प्रधानमन्त्रीले धोका दिएपछि आफुहरुले साथ छाडेको होः लिङ्देन

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीले धोका दिएपछि आफुहरुले साथ छाडेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथिको छलफलमा लिङ्देनले मुलकलाई अघि बढाउन सहमतिका साथ आफुहरु एकसाथ रहेको र प्रधानमन्त्रीले सहमति तोडेपछि आफुहरुले साथ छाडेको बताउनुभएको हो । उहाले प्रधानमन्त्रीले बाटो नै फेरेपछि लाचार भएर सरकारमा बसिरहन अनुचित हुने ठान्दै इमान्दारीता साथ समर्थन फिर्ता लिएको जिकिर गर्नुभयो । अब आफुहरु सीप पनि भएको र लाइसेन्स पनि भएको ड्राइभरको प्रतिक्षा गर्ने उहाको भनाइ छ । उहाले प्रधानमन्त्रीलाई नयाँ यात्राका लागि शुभकामना दिदै सरकारमा सहकार्य गर्न नसकेपनि अन्य राष्ट्रियताका बिषयमा सहकार्य गर्न सकिने उल्लेख गर्नुभयो ।

उहाले सवैलाई सरकारमा लिएर जाने र सवैलाई भागबण्डा गर्ने परिकल्पना अहिलेको व्यवस्थाले नगरेको बताउनुभयो ।