प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईको योगदानको स्मरण

1 year ago

प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईको योगदानको स्मरण

 

प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईले नेपालको प्रजातन्त्र स्थापनार्थ पुराउनुभएको योगदानको स्मरण गरिएको छ ।

प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईको ११४ औं जन्मजयन्तीका अवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठानले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा सहभागीहरुले राणाकालीन अवस्थामा नेपालमा प्रजातन्त्र स्थापनार्थ राइले पु¥याउनुभएको योगदान अविष्मरणीय रहेको धारणा राखेका थिए । कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहास यथार्थपरक ढंगले आउन नसकेको र राइका चाहनाहरु पुरा गर्नेगरिको व्यबस्थामा परिवर्तन भएपनि अवस्थामा परिवर्तन हुन नसकेको बताउनुभयो । बिभिन्न स्थानमा पुगेका पात्रहरुले व्यवस्थाका साथै अवस्थालाई पनि परिवर्तन गर्न लागिरहेको उहाले बताउनुभयो ।

उहाले राईको योगदानको लिखत कृति प्रकाशित गर्नुपर्ने बताउनुभयो । सात सालमा प्रजातन्त्र आएपछि पनि त्यो आफूलाई मान्य नहुने भन्दै सिंहदरबारमा विरोध गर्न पुग्नुभएका राई २००८ साल माघ ८ गते सिंहदरबारबाटै बेपत्ता हुनुभएको थियो ।