प्रचण्डबिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

1 year ago

प्रचण्डबिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

 

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डबिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै मंगलबार सर्वोच्चमा प्रचण्डबिरुद्ध दुईवटा रिट दर्ता भएको हो । प्रचण्डबिरुद्ध रामेछापका कल्याण बुढाथोकी, सुवास गिरी लगाएत ८ जना र रामेछापकै ज्ञानेन्द्रराज आरण सहित १४ जनाले रिट दायर गरेका हुन् । रिट दायर भएपछि सर्वोच्चले फाल्गुन २५ गते बिहीबारका लागि पेशी तोकेको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले २०७६ साल माघ १ गते काठमाडौंको खुल्लामञ्चमा गरेको भाषणका क्रममा जनयुद्धमा १७ हजार मारिएको भनिए पनि त्यो तथ्यांक गलत भएको र ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएकाले पक्राउ गर्नुपर्ने आदेश माग गरिएको छ । रिट दायरकर्ता कल्याण बुढाथोकीले कार्तिकमै निवदेन दर्ता गर्न खोजेपनि दरपिट गरेपनि अहिले दर्ता भएको बताउनुभयो । उहाले युद्धको नियमबिपरितको काम भएकाले त्यसको विरोधमा मुद्धा दर्ता गरिएको धारणा राख्नुभयो ।

त्यस्तै अर्का रिट निवेदनकर्ता ज्ञानेन्द्रराज आरणले संक्रमणकालीन न्यायका बिषयमा देखिएका समस्या समाधानका लागि पटक पटक ध्यानाकर्षण गराउदा पनि नभएपछि न्यायका लागि सर्वोच्च आउनुपरेको बताउनुभयो । उहाले केहि परिवारका प्रतिनिधिले मात्र रिट हाले पनि यसले द्वन्द्वकालमा माओवादीबाट मारिएका ५५ सय जना परिवारको प्रतिधित्व गर्ने बताउनुभयो ।

त्यस्तै अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले पिडीतहरुलाई न्याय दिलाउनका लागि पहल गरिएको बताउनुभयो । २०७६ साल माघ १ गते माघी पर्वका बेला जनयुद्धमा बेला मारिएका ५ हजार जनाको जिम्मा लिने अभिव्यक्तीका आधारमा हत्याको परिभाषित गर्दै अपराधिको सूचीमा राखेर न्यायिक हिरासतमा राखिनुपर्छ भन्ने बिषय रिट निवदेनमा समेटिएको उहाले जानकारी दिनुभयो ।

यसअघि कात्तिकमा यही माग लिएर उनीहरु सर्वोच्च गएका थिए । सर्वोच्च प्रशासनले उक्त रिट दरपिठ गरेपछि त्यसविरुद्ध उनीहरुले निवेदन दिएका थिए । शुक्रबार सोही निवेदनमा न्यायाधीश ईश्वर खतिवडा र हरिकृष्ण फुयालको इजलासले प्रचण्ड विरुद्ध दिएका रिट दर्ता गर्न आदेश गरेको थियो ।