नवनिर्वाचित उपराष्ट्रपतिले लिए पद तथा गोपनीयताको शपथ

1 year ago

नवनिर्वाचित उपराष्ट्रपतिले लिए पद तथा गोपनीयताको शपथ

 

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले शपथ लिनुभएको हो । यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । समारोहमा निवर्तमान उपराष्ट्रपति नन्द बहादुर पुनलाई विदाई गरिएको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनलाई आँखीझ्याल उपहार दिनुभएको थियो ।

समारोहमा प्रधानमन्त्री प्रचण्डसभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की लगाएत सहभागी हुनुहुन्थ्यो ।