नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा

1 year ago

नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा

 

प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगीतामा नेपाल, भुटान र लावसले प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगीताका लागि नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले मंगलबार २३ सदस्सीय टिम घोषणा गरेका छन् । प्रतियोगीता अघि मंगलबार काठमाडौंमा आयोजित प्रि म्याच कन्फसेन्समा तीनै देशका प्रशिक्षक र कप्तानहरुले उपाधी रक्षाका लागि मेहनतका साथ खेल्ने बताएका छन् । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्बर्टो एनीसले नयाँ खेलाडीहरु समेटेर टिम घोषणा गरिएको र आफ्नो निर्णय सहित सावित हुने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगीतामा खेल्नै सवै राष्ट्रले उत्कृष्ट प्रदर्शन गर्दै आएको भन्दै उहाले थ्री नेसन्स कपमा नेपालले थप मेहनतका साथ प्रदर्शन गर्ने बताउनुभयो ।

त्यस्तै नेपाली टिमका कप्तान किरण चेम्जोङले सवै खेलाडीहरु फिट रहेको र छोटो समयको तयारी रहेकाले प्रतियोगीतामा सम्पूर्ण ध्यान केन्दीत गरिएको बताउनुभयो । केहि चूनौति भएपनि नयाँ खेलाडीहरुले पनि उत्कृष्ण प्रदर्शन गर्ने उहाले बताउनुभयो ।

त्यस्तै भुटान र लावसका प्रशिक्षक र कप्तानहरुले पनि नेपालको मैदानमा जीतको लक्ष्यका साथ खेल्ने बताएका थिए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुँदैछ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।