नेपाल कृषि मेशिनरी व्यवसायी संघ र सिद्धार्थ प्रिमियर इन्सुरेन्सबीच स्वस्थ्य विमा सम्झौता

1 year ago

नेपाल कृषि मेशिनरी व्यवसायी संघ र सिद्धार्थ प्रिमियर इन्सुरेन्सबीच स्वस्थ्य विमा सम्झौता

 

नेपाल कृषि मेशिनरी व्यवसायी संघ र सिद्धार्थ प्रिमियर इन्सुरेन्सबीच स्वस्थ्य विमा सम्झौता भएको छ ।

जोखिम न्युनिकरण गर्नका लागि संघ र इन्सुरेन्सबीच स्वस्थ्य विमा सम्झौता भएको हो । सम्झौता पत्रमा सिद्धार्थ प्रिमियर इन्सुरेन्सका प्रमुख व्यवस्थापक रामजी ढकाल र संघका अध्यक्ष खोजराज कटुवालले हस्ताक्षर गर्नुभयो । पहिलो चरणमा ३३ जना व्यवसायीहरुको विमा गरिएको संघले जनाएको छ । सम्झौता पत्रमा २ लाख बराबरको दुर्घटना र ८० हजार बराबरको स्वास्थ्य बिमा गरिने उल्लेख छ । यसमा आवश्यक सहजीकरण आफुहरुले गर्ने इन्सुरेन्सका प्रमुख व्यवस्थापक रामजी ढकालले जानकारी दिनुभयो । उहाले उपचार पश्चात अस्पतालले खर्चको बिबरण पठाएपछि इन्सुरेन्सले भुक्तानी दिने बताउनुभयो ।

त्यस्तै संघका अध्यक्ष कटुवालले व्यवसायीको जोखिम न्युनिकरणका साथै विमाप्रति सचेतना दिलाउनका लागि संघले सम्झौता गरेको बताउनुभयो ।

संघमा करिव दुई सय कृषि मेशिनरी व्यवसायीहरु आवद्ध छन् ।