नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकका लागि राम्रो गर्न खोज्दा सवैतिरबाट एमालेमाथि प्रहार भएको बताउनुभएको छ । 

1 year ago

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकका लागि राम्रो गर्न खोज्दा सवैतिरबाट एमालेमाथि प्रहार भएको बताउनुभएको छ । 

शनिबार भक्तपुरमा नेपाल बुद्धिजीवी परिषद्को तेश्रो केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै ओलीले एमालेको ध्यान मुलुकको बिकास र समृद्धिका लागि नै रहेको भन्दै यसैका कारण एमालेमाथि सवैतिरबाट प्रहार भएको बताउनुभएको हो । ओलीले सामाजिक रुपान्तरणको बिरोधी र स्वार्थी शक्तिहरु सत्ताकव्जा गर्न र जनतालाई भ्रमित पार्न अहिले पनि सफल रहेको उहाले बताउनुभयो । उहाले जनतालाई भ्रममा पार्ने र सही बाटोबाट अघि बढ्न नदिनेहरुबाट मुक्त पार्न बौद्धिक जगतले आवश्यक भूमिका खेल्नुपर्ने बताउनुभयो । ओलीले जनतालाई धक्माउने तर्साउने र जनताको चेतनालाई परिवर्तन हुन नदिने प्रवृतिलाई रोक्नुपर्ने धारणा राख्नुभयो । 

 


उहाले बुद्धिजिवीमाथि पनि संगठित भएर बिचारबाट हमला हुन सक्ने भन्दै यसबाट त्रसित हुनुपर्ने अवस्था नरहेको जिकिर गर्नुभयो ।