त्रिभुवन आर्मी र संकटाको बराबरी, सातदोबाटोको विजयी सुरुवात

1 year ago

त्रिभुवन आर्मी र संकटाको बराबरी, सातदोबाटोको विजयी सुरुवात

 

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा अन्तर्गत त्रिभुवन आर्मी क्लब र संकटा क्लबले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । बराबरीमा रोकिएसँगै दुबै टोलीले पहिलो खेलमा १–१ अंक बाडेका छन् ।

यस्तै आइतबार नै ललितपुरको च्यासल रंगशालामा भएको खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको ४५ औं मिनेटमा दीपक राज ठकुरीले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा निकोलस सङले गोल गर्दै एनआरटीलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८४ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाए । यस जितसँगै सातदोबाटोले ३ अंक जोडेको छ ।