तनहुँ–१ मा कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार

1 year ago

तनहुँ–१ मा कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार

नेपाली कांग्रेसले तनहुँ–१ मा हुने उपनिर्वाचनमा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्दीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्य भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । चितवन निर्वाचन क्षेत्र नंवर २ मा पार्टीका पूर्व चितवन सभापति जित नारायण श्रेष्ठलाई उम्मेद्वार बनाउने निर्णय गरिएको छ । त्यस्तै बारा २ को उम्मेदवार चयनका लागि फेरि छलफलका भने १९ गते केन्द्रीय कार्यसमिति र संसदीय समितिको बैठक बसेर फेरि निर्णय लिने प्रवक्ता महतले बताउनुभयो । बैठकले पार्टीले तय गरेको मापदण्ड अनुसार मन्त्रीपरिषद्मा सदस्य पठाउने जिम्मा पार्टी सभापति शेर बहादुर देउवालाई दिइएको उहाले बताउनुभयो ।

बैठकले मिटरव्याजी पीडितहरुको आन्दोलन प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मिटरव्याजीको समस्यामा समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।