जनतामा देखिएको निराशालाई चिर्दै मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनुपर्ने पौडेलको भनाई

1 year ago

जनतामा देखिएको निराशालाई चिर्दै मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनुपर्ने पौडेलको भनाई

 

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनतामा देखिएको निराशालाई चिर्दै मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार बीपी संग्रहालय सुन्दरीजल पुग्नुभएका पौडेलले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई संस्थागत गर्न लागि अहिले जनतामा देखिएका निराशालाई चिर्दै मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनुपर्ने बताउनुभएको हो । पौडेलले अब देशले पटक पटकको प्रयोग धान्न नसक्ने र राष्ट्रलाई उन्नति गर्ने समय चाहिने भएकाले संविधानमा भएको अधिकारलाई सुरक्षित गर्दै राष्ट्र निर्माणमा लाग्नुपर्ने धारणा राख्नुभयो । अहिलेको व्यवस्थालाई चीर स्थायी बनाउदै केहि सुधार गर्नुपर्ने भए गर्ने र जनताको सपनालाई साकार पार्नुपर्ने उहाको भनाइ छ । पौडेलले बिपिले देशलाई नयाँ बाटो देखाएको र त्यसलाई अघि बढाउने काम आफुहरुको भएको जिकिर गर्नुभयो ।

गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा रहेको बिपी संग्रहालय पुगेर नवनिर्वाचित राष्ट्रपति पौडेलले विपि कोईरालाको शालिकमा माल्यार्पण गर्नुभएको थियो । सो क्रममा उहाले संग्रहालयमा रहेको गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, रामनारायण मिश्र, दिवानसिंह राई र योगेन्द्रमान शेरचनको शालिकमा पनि माल्यार्पण गर्नुभयो भने बिपी संग्रहालय परिसरमा रुद्राक्षको बिरुवा समेत रोप्नुभएको थियो ।