खमलटार माथी थ्री स्टारको जित

1 year ago

खमलटार माथी थ्री स्टारको जित

 

राजधानीमा जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले एफसी खुमलटारलाई पराजित गरेको छ ।

एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा थ्री स्टारले एफसी खुमलटारलाई २–० गोल अन्तरले हराएको हो । थ्री स्टारको जित अजयी मार्टिन्सले दुई गोल गरे । तर, दुबै गोल दोस्रो हाफमा भएको थियो । खेलको ५४ औं मिनेटमा मार्टिन्सले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८३ औं मिनेटमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई २–० को जित दिलाए । थ्री स्टारको यो पहिलो जित हो । जितसँगै थ्री स्टार ३ खेलमा ४ अंक जोडेको छ । नवप्रवेशी क्लब खुमलटारको यो दोस्रो हार हो । खुमलटारले ३ खेलमा ३ अंक जोडेको छ ।