काठमाडौं उपत्यकामा घोडे जात्रा मनाईयो

1 year ago

काठमाडौं उपत्यकामा घोडे जात्रा मनाईयो

 

चैत कृष्ण औंसीको अवसरमा मंगलबार काठमाडौं उपत्यकामा घोडे जात्रा मनाईएको छ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ ।

परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ । त्यहीँ जनविश्वास र सस्कृतिलाई निरन्तरता दिदै काठमाडौँको टुडिखेलमा नेपाली सेनाले घोडेजात्राको आयोजना गरेको थियो ।

घोडेजात्रामा नेपाली सेनाले घोडाका विभिन्न कला कौशलहरु प्रदर्शन गरेको थियो । नेपाली सेनाले आयोजना गरेको घोडे जात्रा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड लगाएतका उच्च पदस्थ व्यक्तिहरुको सहभागीता रहेको थियो ।

घोडेजात्रामा सैनिकहरुले विभिन्न व्याण्डद्धारा धुनहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको सुरुमै घोडाहरुद्वारा शो जम्प प्रस्तुत गरेको थियो। यो प्रस्तुततीमा घोडाहरुले विभिन्न पर्खालहरु नाघेका थिए । साहाशिक सेनाहरुले घोडाको चालको गतिमा विभिन्न पर्खालहरु उफ्रेर अगाडि बढेका थिए । यस्तै क्रस टेण्ड पेगिङ अन्तरगतको प्रस्तुतीमा सैनिकहरुले घोडाको साहायता दिदै शत्रुका टेण्ड भत्काउने शैली प्रस्तुत गरेका थिए । यस्तै तालिम प्राप्त कुकुरहरुको प्रस्तुती निकै रोचक देखिएको थियो । घोडाजात्रामा प्रस्तुत गरिएका प्रतिष्प्रधामा विजयी सेनाहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभएको थियो । यात्राका लागि लागि निकै महत्वपूर्ण मानिएको घोडाको आधुनिक सवारी साधनको प्रयोग सँगै यसको महत्व घट्दै गएको छ । घोडा अन्य जनावर भन्दा दगुर्न सक्ने शक्तिशाली भएकाले पहिले युद्धको समयमा घोडालाई विशेष रुपमा प्रयोग गर्ने गरिन्थ्यो ।