कांग्रेसलाई गल्ती गर्ने छुट छैनः कोइराला

1 year ago

कांग्रेसलाई गल्ती गर्ने छुट छैनः कोइराला

 

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब कांग्रेसलाई गल्ती गर्ने छुट नभएको बताउनुभएको छ ।

गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले अहिलेको अवस्थामा गठबन्धनलाई सम्हालेर लैजाने जिम्मेवारी कांग्रेसको भएको भन्दै कांग्रेसलाई गल्ती गर्ने छुट नभएको बताउनुभएको हो । उहाले केहिदिनभित्रै कांग्रेस सरकारमा जाने भएकाले सरकारलाई राम्रोसंग चलाएर देखाउनुपर्ने धारणा राख्नुभयो । कोईरालाले अहिले मुलुकमा देखिएको आर्थिक लगाएतका समस्याबाट मुक्त गराउनका लागि कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाले शान्तिप्रक्रियालाई टुङ्गोमा पुराउनका लािग पिडितहरुलाई पनि अन्तराष्ट्रिय मान्यताका आधारमा न्याय दिनुपर्ने पनि बताउनुभयो । अन्तराष्ट्रिय मान्यता र सर्वोच्चको आदेशलाई ध्यानमा राखेर संक्रमणकालिन न्याय सम्बन्धी कानूनलाई अघि बढाउनुपर्ने उहाको भनाइ छ ।

त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले संक्रमणकालीन न्यायको विषय टुंग्याउँदा द्वन्द्वपीडितको भावना नसमेटिए मुलुक अप्ठेरोमा पर्ने बताउनुभयो । अन्तराष्ट्रिय मान्यताका आधारमा पनि संक्रमणकालीन न्याय ठिक देखिनुपर्ने भन्दै उहाले यससम्बन्धी कानूनलाई उचित तवरले अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

थापाले अव केन्द्रदेखि प्रदेशसम्म कांग्रेस सहितको सरकार बन्ने भन्दै देश र जनताका लागि काम गर्ने काउनडाउन सुरु भइसकेको उल्लेख गर्नुभयो ।