एसइई शुक्रबारबाट देशभर एकैसाथ सुरु

1 year ago

एसइई शुक्रबारबाट देशभर एकैसाथ सुरु

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुक्रबारबाट देशभर एकैसाथ सुरु भएको छ ।

देशका ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट एकैसाथ परिक्षा सुरु भएको हो । बिद्यार्थीहरुले पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् । यस वर्ष परीक्षामा कूल चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी भएका छन् । परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी भएका छन् । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी छन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० दृष्टिविहीन विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत विद्यालय एसइईमा सहभागी छन् ।