एमालेले संसद विघटन ठीक रहेको अभिमत दिएपछि नयाँ बिकल्प खोजेको होः प्रधानमन्त्री दाहाल

1 year ago

एमालेले संसद विघटन ठीक रहेको अभिमत दिएपछि नयाँ बिकल्प खोजेको होः प्रधानमन्त्री दाहाल

 

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले संसद विघटन ठीक रहेको अभिमत दिएपछि आफुले नयाँ बिकल्प खोजेको बताउनुभएको छ ।

आठ दलको राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्रले बिहीबार काठमाडौंमा आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रममा प्रचण्डले पुस २६ गतेको प्रतिनिधिसभामा एमाले अध्यक्ष केपी ओलीले संसद विघटन ठीक रहेको बिचार व्यक्त गरेपछि आफुहरु सोच्न बाध्य भएको र नयाँ बिकल्प खोजेको बताउनुभएको हो । उहाले विकास र समृद्धिको जनचाहना सम्बोधन गर्ने चाहना भएपनि बिचमा अलिकति अल्मलिएको र अव ठिक ठाउमा आएको धारणा राख्नुभयो । उहाले राष्ट्रपतिमा रामचन्द्र पौडेलको जीत सुनिश्चित रहेको र यो लोकतन्त्र र संविधानको हितमा रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले पौडेलको पक्षमा आठ दलको मात्रै नभई १० दलको समर्थन रहेको र स्वतन्त्र सांसदहरुको पनि समर्थन रहेको बताउनुभएको कांग्रेस प्रवक्ता डा प्रकाशरण महतले जानकारी दिनुभयो । आठ दलले राष्ट्रपतिमा अघि सारेको उम्मेदवारका बिषयमा स्पष्ट पार्न अभिमुखी करण कार्यक्रम गरिएको उहाले बताउनुभयो । उहाले पौडलको पक्षमा अझै समर्थन बढ्ने दावी गर्नुभयो ।

त्यस्तै अभिमुखी कार्यक्रमपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपतिका कतव्र्य र जिम्मेवारीहरुको बिषयमा प्रस्टता आवश्यक रहेको बताउनुभयो । उहाले अवको राष्ट्रपतिले मुलुकलाई एकतावद्ध बनाएर जानुपर्ने भन्दै पौडेलको पक्षमा भोट दिने उल्लेख गर्नुभयो ।

त्यस्तै आठ दलका तर्फबाट राष्ट्रपति उम्मेदवार बन्नुभएका रामचन्द्र पौडेलले संविधानको परिधिभित्र रहेर आफुले काम गर्ने बताउनुभयो । उहाले अहिलेसम्म सवैदलबाट आफुलाई सहयोग गर्ने प्रतिवद्धता आएको बताउनुभयो ।

कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवा, महन्त ठाकुर, अशोककुमार राई, राजेन्द्र श्रेष्ठ, बेदुराम भुसाल, रञ्जिता श्रेष्ठ लगाएतले राष्ट्रपतिमा भारी मतका साथ बिजयी गराउनुपर्ने धारणा राखेका थिए । राष्ट्रपतिको निर्वाचन आगामी फाल्गुन २५ गते हुँदैछ ।