उपराष्ट्रपतिका सम्बन्धमा संविधानमा भएको समावेशी व्यवस्थालाई कार्यान्वयनमा एमालेको जोड

1 year ago

उपराष्ट्रपतिका सम्बन्धमा संविधानमा भएको समावेशी व्यवस्थालाई कार्यान्वयनमा एमालेको जोड

 

नेकपा एमालेले राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धमा संविधानमा भएको समावेशी व्यवस्थालाई कार्यान्वयनमा जोड दिएको छ ।

पार्टी कार्यालय च्यासलमा शनिबार बसेको एमालेको १८ औं सचिवालय बैठकले संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि हुनसक्ने जस्ता व्याख्या भइरहेकोप्रति ध्यानाकर्षण भएको भन्दै संविधानको व्यवस्थालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको हो । राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धमा अन्य दलले गरेको व्याख्या संविधानको मर्मविपरीत हुने पार्टीको ठहर रहेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्ष÷उपाध्यक्ष, प्रमुख÷उपप्रमुखमध्ये दुई मध्ये एक पदमा महिला हुनुपर्ने व्यवस्था रहेकोमा राष्ट्रपति वा उपराष्ट्रपतिको हकमा अपवाद बन्न नसक्न्े उहाले बताउनुभयो ।

एमाले सचिवालयले उपराष्ट्रपति पदमा पार्टीका तर्फबाट नेपालको कम्युनिष्ट आन्दोलनकी अग्रणी नेतृ पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।