आफ्ना स्वार्थका लागि काम गर्नेहरुले यसअघि राष्ट्रपतिको विरोध गरेको ओलीको टिप्पणी

1 year ago

आफ्ना स्वार्थका लागि काम गर्नेहरुले यसअघि राष्ट्रपतिको विरोध गरेको ओलीको टिप्पणी

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना स्वार्थका लागि काम गर्नेहरुले यसअघि राष्ट्रपतिको विरोध गरेको टिप्पणी गर्नुभएको छ ।

बिहीबार नयाँ राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दैै ओलीले राष्ट्रपतिको मर्यादा नगर्ने, राष्ट्रपतीय प्रणालीलाई नै मन नपराउने र स्वार्थका लागि काम गर्नेहरुले देशका लागि अडेर काम गर्दा विरोध गर्ने गरेको जिकिर गर्नुभयो । यसअघिको दुई राष्ट्रपति मध्ये पछिल्लो राष्ट्रपतिले अत्यन्तै राम्रो काम गरेकाले नै स्वार्थी तत्वहरुले धेरै विरोध गरेको उहाको भनाइ छ ।

ओलीले नयाँ राष्ट्रपतिले देशको हितको रक्षा, लोकतन्त्रको रक्षा जनताप्रति उतरदायि र संविधानको रक्षकको रुपमा काम गर्नुपर्ने बताउनुभयो ।