आन्दोलनरत उद्योगी व्यवसायीहरु द्वारा राष्ट्र बैंकबिरुद्ध प्रदर्शन

1 year ago

आन्दोलनरत उद्योगी व्यवसायीहरु द्वारा राष्ट्र बैंकबिरुद्ध प्रदर्शन

 

बिभिन्न माग राख्दै आन्दोलनरत उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकबिरुद्ध प्रदर्शन गरेका छन् ।

बैंकको ब्याजदरलाई एकल अङ्कमा झार्न माग गर्दै आन्दोलन गरिरहेका व्यवसायीहरुले सोमबार काठमाडौंको बालुवाटार क्षेत्रमा राष्ट्र बैंकबिरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुको उच्च सेवा शुल्क बन्द गर, प्रिमियम दर बृद्धि नियन्त्रण गर, बैकिङ आतंक बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । काठमाडौं उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले प्रिमियम दर बृद्धि गरेर व्यवसायीहरुलाई समस्यामा पार्ने काम भएकाले विरोध गर्नुपरेको बताउनुभयो । उहाले आर्थिक नीतिलाई सहि अवस्थामा ल्याउन राष्ट्र बैंकले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।

व्यवसायीहरुले ब्याजदरलाई एकल अङ्कमा झार्नुपर्ने लगाएत आधार दरमा प्रिमियममा बढीमा दुई प्रतिशत हुनुपर्ने, चालु पुँजी निर्देशिका खारेज गरि व्यवहारिक निर्देशिका बनाइनुपर्ने लगायतका माग राख्दै आन्दोलन गरिरहेका छन् ।