आन्तरिक व्याडमिन्टन प्रतियोगीताको उपाधि निर्मल पण्डित र सुदिप दाहालको जोडीलाई

1 year ago

आन्तरिक व्याडमिन्टन प्रतियोगीताको उपाधि निर्मल पण्डित र सुदिप दाहालको जोडीलाई

 

काठमाडौंको देवीनगर क्लवद्वारा आयोजित आन्तरिक व्याडमिन्टन प्रतियोगीताको उपाधि निर्मल पण्डित र सुदिप दाहालको जोडीले जितेका छन् ।

शनिबार भएको फाइनमा खगेन्द्र भाट र नरेन्द्र श्रेष्ठको जोडीलाई पराजित गर्दै पण्डित र दाहालको जोडीले उपाधि जितेका हुन् । उनीहरुले २१–१७, २१–१७ ले जित हासिल गरेका थिए । प्रतियोगीतामा बिजयी खेलाडीलाई नगद २० हजार सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो भने दोश्रो हुनेलाई १० हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगीतामा ३२ जोडीले सहभागीता जनाएका थिए ।