आइतबारसम्ममा उपराष्ट्रपतिमा एक उम्मेद्वारमा सहमति खोज्ने सत्तारुढ गठबन्धनको निर्णय

1 year ago

आइतबारसम्ममा उपराष्ट्रपतिमा एक उम्मेद्वारमा सहमति खोज्ने सत्तारुढ गठबन्धनको निर्णय

 

सत्तारुढ गठबन्धनले आइतबारसम्ममा उपराष्ट्रपतिमा एक उम्मेद्वारमा सहमति खोज्ने निर्णय गरेको छ ।

शनिबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले उपराष्ट्रपति पदमा तीन जनाको उम्मेदवारी दिने र आइतबार सम्ममा एकजनाका बिषयमा सहमति खोज्ने निर्णय गरेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिनुभयो । जनता समाजवादी पार्टीका तर्फबाट महिला र पुरुष दुवैको उम्मेदवारी दर्ता गर्ने निर्णय भएको छ । यसैगरी जनमत पार्टीका तर्फबाट ममता झालाई महिला उम्मेदवार बनाउने निर्णय भएको छ । राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने प्रावधान संविधानमा नै उल्लेख भएकाले झालाई महिला उम्मेदवार बनाउने विषयमा सत्तारुढ दलकाबीच सहमति भएको राउतले जानकारी दिनुभयो । आयोगले उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने भनेकाले कुनै जोखिम नलिइ आज तीन जनाको उम्मेदवारी दर्ता गर्ने निर्णय भएको अध्यक्ष राउतले बताउनुभयो ।

गठबन्धनले जसपा नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर आयोगले पुरुष राष्ट्रपति भएपछि महिला नै उपराष्ट्रपति हुनुपर्ने जनाएपछि तीनजनाको उम्मेदवारी दिने र आइतबारसम्म एक जनाका बिषयमा सहमति खोज्ने गठबन्धनले निर्णय गरेको हो ।