अन्तर कलेज प्याट्रियोट्स कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता मार्च १८ देखि सुरु हुने

1 year ago

अन्तर कलेज प्याट्रियोट्स कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता मार्च १८ देखि सुरु हुने

 

दोस्रो संस्करणको अन्तर कलेज प्याट्रियोट्स कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता मार्च १८ देखि सुरु हुने भएको छ ।

ललितपुर प्याट्रियोट्स प्राइभेट कम्पनीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस संस्करणको प्रतियोगितामा १२ कलेजको सहभागीता रहने जनाएको हो । मुलपानी क्रिकेट मैदानमा हुने यस प्रतियोगिताको व्यबस्थापन आडियासप नेपालले गर्नेछ । प्रतियोगिता २५ मार्च सम्म आयोजना हुनेछ ।

प्रतियोगिताको बिजेता कलेजले १ लाख र उपबिजेता कलेजले ५० हजार नगद प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद प्राप्त गर्दा बेस्ट बलर तथा ब्याटरले जनही १५ हजार पाउने छ । १५ खेल हुने प्रतियोगिताका हरेक खेलका म्यान अफ दि म्याचले नगद २५ सय प्राप्त गर्ने आयोजकले जनाएको छ ।