४२ दिन पुगीसक्दा पनि गणेश कार्कीको सब नेपाल ल्याउन सकिएन ।

1 year ago

४२ दिन पुगीसक्दा पनि गणेश कार्कीको सब नेपाल ल्याउन सकिएन ।

रोजगारीका क्रममा विगत ४ महिना अगाडि मात्र साउदी गएका दैलेख जिल्ला चामुण्डा बिन्द्रासैनी नगरपालिका ६ बस्ने बाबु दत्ते कार्की र आमा विना कार्की को छोरा  २७  बर्ष का गणेश कार्की को  गाडी दुर्घटना मा परि मृत्यु भएको ४२ दिन पुगीसक्दा पनि सब नेपाल ल्याउन सकिएको छैन, । जुन क्मपनिमा  काम गर्नु पर्ने हो त्यो कम्पनि  छोडेर अर्को कम्पनिमा इल्लिगल रुपमा काम गरिरहेका  उनको  कुनै पनि स्वास्थ्य विमा तथा विदेशमा गरिने सामाजिक सुरक्षा विमा पनि नरहेको र  अस्पतालमा निकै ठुलो लागत बराबर को विल आएकोले बिल भुक्तानी पछि मात्र नेपाल पठाउन मिल्ने भएकोले दुर्घटना मा परेका कार्की लाई हस्पिटलमा नै राखिएको छ । सुनौलो भविष्य खोजीका निमित्त  बिदेशिएका उन्को ४ महिना नपुग्दै  मुत्यू  भएको हो  ।   

 


आर्थिक अवस्था  कम्जोर का कारण  २  वटा सानो छोरी र गर्भवती श्रीमतीलाई छोडेर विदेशीएका उनि ४ महिना नपुग्दै दुर्घटनामा परेका हुन  उनलाई नेपाल ल्याउन आर्थिक अभाव भएको कारण उनका २ छोरि,श्रीमती ,घरपरिवार सामु पुर्याउन को लागि  गणेश कार्की नेपाल फर्काउ अभियान बनाएर  देलेख को चामुण्डा बिन्द्रासैनी देखी  दैलेख जिल्ला का साथै अन्य जिल्ला  का देश तथा बिदेश मा रहनु हुने  सहयोगी व्याकतत्तो हरुले  श्रीमती  सुनिता  भण्डारी को नेपाल एस बि आइ बैन्क मा रहेको  खाता न । ४१२१५२४३४०००९४ मा जम्मा गरि सहयोग गरिरहनु भएको छ । 

 


तर अझै पनी सब नेपाल ल्याउन लाग्ने रकम भने जुटीसकेको छैन ।