१२ जना महिलाहरुलाई भारतबाट उद्दार

1 year ago

१२ जना महिलाहरुलाई भारतबाट उद्दार

 

नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्युरोले १२ जना महिलाहरुलाई भारतबाट उद्दार गरेको छ ।

व्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालका बिभिन्न नाकाहरुबाट मंसिर र पुष महिनामा भारत पुराई दुवई हुदै भिजिट भिसामा इथोपियामा बैदेशिक रोजगारीका लागि लैजाने प्रलोभन देखाई भारतको जयपुरमा राखिएको अव्स्थामा १२ जना महिलाहरुलाई उद्दार गरिएको जनाएको हो । निज महिलाहरु मानव बेचविखन ओसारपसार अपराधको उच्च जोखिममा रहेकाले तत्काल उद्दार गर्न व्युरोमा सूचना आएपछि नयाँ दिल्लीमा रहेको नेपाली दूतावास, भारतीय प्रहरी र नेपालस्थीत शान्ति पुनस्थार्पना केन्द्रको सहकार्यमा उनीहरुको उद्दार गरिएको व्युरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपालबाट भारत लैजाने क्रममा जोगमनी, काकडभित्ता, जमुनाह, सुनौलि लगाएतका नाकाहरु प्रयोग हुने गरेको उहाले बताउनुभयो । मानव बेचविखनको घटनामा नेपाल र भारतीय नागरिक संलग्न हुने सक्ने भन्दै उनीहरुको पहिचान गरि खोजतलास गर्न आवश्यक अनुसन्धान भइरहेको श्रेष्ठले बताउनुभयो । त्यस्तै व्युरोले नेपालबाट हराइकी एक बालिकाको पनि भारतबाट उद्दार गरिएको जनाएको छ । बालिकालाई भारतको तान्त्रीकलाई बेचबिखन गर्ने तयारी भइरहेको अवस्थामा उद्दार गरिएको व्युरोका निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

मामाघर गएकी बालिकालाई बन्धक बनाई भारतको पहाडगञ्ज नयादिल्ली पुराउने ६ जनाको गिरोहलाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।