सहकारीले कानून मानेनः मन्त्री राई

1 year ago

सहकारीले कानून मानेनः मन्त्री राई

 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले कानूनको बिधि र सीमामा नरही काम गरेकै कारण सहकारी क्षेत्रमा समस्या देखिएको बताउनुभएको छ ।

आर्थिक मिडिया सञ्चालक संघले आइतबार काठमाडौंमा आयोजना गरेको सहकारीमा संकट ः कारण र समाधान विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री राईले सवैले बिधिमा रहेर सीमामा रहेर र कानूनलाई अवज्ञा नगरि काम गर्नुपर्नेमा त्यसो नभएकाले सहकारीमा समस्या देखिएको बताउनुभएको हो ।

उहाले सरकारीले गाँउगाँउमा धेरै राम्रो काम गरेपनि सहकारीको नकारात्मक हल्लाले समस्या देखिएको धारणा राख्नुभयो । सहकारीमा देखिएका समस्याहरु समयमा नै समाधान गरि यसलाई सहज रुपले व्यवस्थापन गर्नुपर्ने उहाको भनाइ छ ।

मन्त्री राईले सहकारीका बिषयमा देखिएका समस्याहरु समाधानका उपायहरुका बारेमा जानकारी गराउन आग्रह गर्दै अध्ययन गरि उचित समाधानको बाटो खोजिने बताउनुभयो ।


कार्यक्रममा नेपाल राष्ट्र बैंकका बोर्ड सदस्य चिन्तामणी सिवाकोटीले अनुगमन गर्ने निकायलाई व्यबस्थीत गर्न नसक्दा समस्या देखिएको बताउनुभयो । उहाले ५० करोड भन्दा बढीको पुँजी भएको सहकारीलाई नेपाल राष्ट्र बैंकले हेर्नुपर्छ भनिएपनि राष्ट्र बैंकसंग त्यो अधिकार नै नरहेको जिकिर गर्नुभयो ।

त्यस्तै उहाले विश्वभर आएको आर्थिक मन्दीको असर पनि सहकारीमा देखिएको बताउनुभयो ।