संसदलाई जनउत्तरदायि बनाउनुपर्ने सभामुख देवराज घिमिरेको भनाई

1 year ago

संसदलाई जनउत्तरदायि बनाउनुपर्ने सभामुख देवराज घिमिरेको भनाई

 

सभामुख देवराज घिमिरेले संसदलाई जनउत्तरदायि बनाउनुपर्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा प्रतिनिधिसभाका सदस्यहरुका लागि संसदीय प्रक्रिया र अभ्यास विषयक अभिमुखीकरण कार्यक्रममा सभामुख घिमिरेले संसद् र सांसदहरुको भूमिका प्रभावकारी, जनताप्रति उत्तरदायि बनाउनुपर्ने बताउनुभएको हो । नागरिकले संसद्का गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट प्रभावकारी काम खोजिरहेको भन्दै उहाले छोटो समयमा नै संसदीय गतिविधिले नेपालमा शिक्षा दिने किसिमको भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाले सवै मिलेर संसदका सवै अधिवेशनहरुलाई व्यवस्थीत गर्नुपर्ने र सांसदहरुले पनि यसमा झन बढि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

संघीय संसद सचिवालयले आयोजना गरेको अभिमूखीकरण कार्यक्रम शुक्रबारसम्म चल्ने छ ।