सुशील कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा काठमाडौंमा ‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन

1 year ago

सुशील कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा काठमाडौंमा ‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन

 

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा काठमाडौंमा ‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन गरिएको छ ।

सुशील कोइराला मेमोरियल फाउण्डेशनको आयोजनामा काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा निःशुल्क ‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन गरिएको हो । वृत्तचित्र हेर्नका लागि पूर्वराष्ट्रपति डा रामवरण यादव, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल लगातका नेताहरु पर्यटन बोर्ड पुगेका थिए । कांग्रेसको संस्थापकसमेत रहेका बिपी आफू माथिका आठ वटा राजद्रोह सम्बन्धी मुद्दाको समेत पर्वाह नगरी विसं २०३३ पुस १६ गते स्वदेश फर्किएको र जनमत संग्रह घोषणा भएको बिषयलाई वृत्तचित्रमा देखाइएको छ । ‘राजद्रोही राजनेता’ वृत्तचित्रका निर्देशक जगत नेपालले मुलुकको सार्वभौमिकता जोगाउन बिपी उठाउनुभएको जोखिमलाई वृत्तचित्रको माध्यमबाट देखाइएको र यसको सन्देश लिएर मुलुकलाई अघि बढाउन दलहरु लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल प्रवेश गर्ने बित्तिकै राजद्रोहको मुद्दाका कारण मृत्युदण्ड हुनसक्ने र भारत प्रवासमा बसिरहँदा राष्ट्रियता सङ्कटमा पर्ने त्रासका बीच बिपीले गरेका ऐतिहासिक राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको विषयलाई वृत्तचित्रमा देखाइएको छ ।