सुविधा नपाएको भन्दै चक्रवर्ती ल कलेजका बिद्यार्थीहरुको प्रदर्शन

1 year ago

सुविधा नपाएको भन्दै चक्रवर्ती ल कलेजका बिद्यार्थीहरुको प्रदर्शन

 

काठमाडौंको बिजुलीबजारमा रहेको चक्रवर्ती ल कलेजका बिद्यार्थीहरुले शिक्षण शुल्क बृद्विको विरोधमा प्रदर्शन गरेका छन् ।

बिहीबार काठमाडौंको माइतिघरमा उनीहरुले बिद्यार्थीहरुबाट अनुचित रुपमा महङ्गो शुल्क लिएपनि कुनै सुविधा नपाएको समेत भन्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी बिद्यार्थीहरुले विद्यार्थीमाथि दमन गर्न पाइदैन, विद्यार्थीलाई लुट्न पाइदैन लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । कलेजले १० लाख ७० हजार फि लिएपछि त्यहि अनुसार सेवा सुविधा दिनुपर्ने वा फि घटाउनुपर्ने माग राख्दा कलेजले निष्कासन दिने धम्की दिएको बिद्यार्थीहरुको भनाइ छ ।

उनीहरुले चक्रवर्ती ल कलेजमा पढिरहेका ३०० बिद्यार्थीमध्ये ३० जनालाई छात्रवृति दिनुपर्ने भएपनि कलेजले १० जनालाई मात्रै छात्रवृतिमा पढाइरहेको र २० जनाको फि कलेजले खाइरहेको आरोप लगाएका छन् । यसअघि पनि शिक्षण शुल्क बृद्विको बिरोधमा उक्त कलेजका बिद्यार्थीहरुले आन्दोलन गरेका थिए ।