स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इपानको आयोजनामा आगामी चैत्रमा काठमाडौंमा पावर समिट २०२३ आयोजना हुने भएको छ ।

1 year ago

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इपानको आयोजनामा आगामी चैत्रमा काठमाडौंमा पावर समिट २०२३ आयोजना हुने भएको छ ।

 

इपानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हरित ऊर्जाको बजार विस्तारिकण भन्ने नाराका साथ आठौं संस्करणको पावर समिट चैत १४ र १५ गते आयोजना हुने जानकारी दिएको हो । ३० भन्दा बढि देशका ३०० अन्तराष्ट्रिय प्रतिनिधिसहित बिभिन्न सरोकारवाला निकायको प्रतिनिधि सहभागी हुने सम्मेनलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने इपानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो । पावर समिटमा नेपालको विद्युतको बजार, प्रसारण पूर्वाधार, जलविद्युतको माग, प्रविधि र नवप्रवद्र्धक, सोलार हाइड्रोजन, नियामक निकाय, अन्तरदेशीय विद्युत व्यापार, दिगो र जलवायु अनुकूल विकासलगायत विषय समेट्ने विभिन्न सत्र सञ्चालन हुने र बिभिन्न क्षेत्रका तर्फबाट ५ हजार मेगावाटका परियोजनाहरु प्रदर्शन गरिने अध्यक्ष आचार्यले बताउनुभयो ।

पावर समिट हरित ऊर्जा क्षेत्रमा संलग्न सवैका लागि सञ्जाल बनाउने र एक अर्काबाट अनुभव आदान प्रदान गर्ने ठूलो अवसर भएको इपानले जनाएको छ । नेपालमा पछिल्ले दशकमा हरित ऊर्जाको उत्साहजनक उत्पादन भएको र उत्पादित ऊर्जाको लागि अव मागलाई तीव्र बनाउनुपर्ने अवस्थाको सिर्जना भएको पनि इपानले जनाएको छ ।