सिलिण्डर विस्फोट हुँदा कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारी घाइत, आमाको निधन

1 year ago

सिलिण्डर विस्फोट हुँदा कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारी घाइत, आमाको निधन

खाना पकाउन प्रयोग हुने ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारी घाइते हुनुभएको छ ।

बुधबारराती काठमाडौंको बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिन्डर विस्फोट भएपछि नेता भण्डारीसँगै उहाँकी आमा ८६ वर्षीया हरिकलासमेत घाइते हुनुभएको थियो । भण्डारीका आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा निधन भएको छ । आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशतसम्म जलेको अस्पतालले जनाएको छ । यस्तै नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी शरीरका २५ देखि ३० प्रतिशतसम्म भाग जलेको चिकित्सकले बताएका छन् । भण्डारीको श्वासनलीमा तातो हावा र धुवाको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना रहेकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न चिकित्सकले सुझाव दिएको स्वास्थ्यमन्त्री पदम गिरीले जानकारी दिनुभयो । उहाले सांसद भण्डारीको उपचारका लागि भारत लैजाने तयारी भइरहेको बताउनुभयो ।

भण्डारीका छिमेकी जनार्दन घिमिरेले राती पड्केको ठूलो आवाज आएको र उठेर हेर्दा ग्यास लिक भइ लागो लागेको देखेको बताउनुभयो ।

यसैबीच नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, बिभिन्न दलका नेता लगाएतले कीर्तिपुर अस्पतालमा पुगेर भण्डारीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।