सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट अलग हुने एमालेको निर्णय

1 year ago

सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट अलग हुने एमालेको निर्णय

 

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट अलग हुने निर्णय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा सोमबार बसेको एमाले सचिवालय बैठकले पुस १० गते भएको सहमति अनुसार घटनाक्रम अगाडी बढ्न नसकेका कारण सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट अलग हुने निर्णय गरेको एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो । सरकारको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गरेर पुस १० गते भएको सहमति अनुसार अघि बढ्ने एमालेको चाहना भएपनि प्रधानमन्त्रीले त्यसलाई तोडेको पौडेलले बताउनुभयो । राष्ट्रपतिमा प्रधानमन्त्रीले सहयोग नगरेपनि सरकारमा बसेर सहयोग गर्ने एमालेको निर्णय भएपनि प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई विदेश नजानका लागि निर्देशन दिएको र स्वेच्छाले सरकार छाड्ने वा विनाविभागीयमन्त्री बनाउने सम्मका कुरा आएपछि सरकारमा बसिराख्नु उचित नभएको उहाले बताउनुभयो । पौडेलले परराष्ट्रमन्त्रीका बिषयमा प्रधानमन्त्रीले एमालेमाथि प्रतिरोध साँधेको र अपरिपक्वता देखाएको जिकिर गर्नुभयो ।

उहाले प्रधानमन्त्रीको पछिल्लो निर्णयले देशमा राजनीतिक स्थीरता हुन नसक्ने बताउनुभयो ।