सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रमा मजबुद ढंगले सहकार्यलाई अघि बढाउने सहमति भएको छ ।

1 year ago

सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रमा मजबुद ढंगले सहकार्यलाई अघि बढाउने सहमति भएको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको संयन्त्र बैठकमा सरकारले गरेका काम कारवाहीका बारेमा छलफल भएको र आगामी दिनमा मजबुद ढंगले सहकार्यलाई अघि बढाउने सहमति भएको राप्रपा अध्यक्ष एवं उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो । सरकार सञ्चालनमा आपसी समन्वयको कमी देखिएको र यस्ता कमीकमजोरीलाई हटाएर अघि बढ्ने सहमति भएको उहाले बताउनुभयो । त्यस्तै उहाले राष्ट्रपतिका बिषयमा बाहिर भ्रमपूर्ण कुराहरु आइरहेको र सरकार गठन भएका बेला भएको सहमति अनुसार नै अघि बढ्ने जानकारी दिनुभयो । बैठकमा रास्वपालाई सरकारमा ल्याउनका लागि छलफल भएको र प्राविधिक विषयहरु मिलाएरु छिटै सरकारमा आउन सक्ने उहाले बताउनुभयो ।

बैठकमा संयन्त्रको बैठकलाई निरन्तरता दिने सहमति पनि भएको लिङ्देनले बताउनुभयो ।