संघीय संसदमा प्रतिनिधित्व गर्ने बिपक्षी दलहरुको बैठकले आइतबार बिहानसम्म राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाउने भएका छन् ।

1 year ago

संघीय संसदमा प्रतिनिधित्व गर्ने बिपक्षी दलहरुको बैठकले आइतबार बिहानसम्म राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाउने भएका छन् ।

 

कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा शनिबार बसेको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा मनोनयन दर्ता गराउने निर्णय गर्दै आइतबार बिहानसम्ममा उम्मेद्वारको टुङ्गो लगाउने निष्कर्षका निकालेको हो । बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले संघीय संसदमा भएका विपक्षी दलका नेताको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षको उम्मेवारीका सम्बन्धमा केन्द्रित रहेर छलफल भएको बताउनुभयो । आइतबार बिहानसम्ममा यस सम्बन्धमा आवश्यक निर्णय गर्ने उहाले बताउनुभयो । उहाले रवि लामिछानेको बर्हिगमन र त्यसपछि उत्पन्न परिस्थितिलाई सुक्ष्मढङ्गले नियालीरहेको प्रतिक्रिया दिनुभयो ।


त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियसभा उपाध्यक्ष र अरु पदका सम्बन्धमा कसरी अघि बढ्ने भन्ने बिषयमा छलफल भएको बताउनुभयो । विकसित परिस्थितिका आधारमा छलफलमा बसेर टुङगोमा पुगिने उहाको भनाइ छ ।

बैठकमा कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरु सहभागी थिए । राष्ट्रियसभाको उपाध्यक्षको मनोनयन दर्ता आइतबार नै हुँदैछ ।