लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सांसदहरु द्वारा सरकारको ध्यानाकर्षण

1 year ago

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सांसदहरु द्वारा सरकारको ध्यानाकर्षण

 

नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले टीकापुर घटनाका सम्बन्धमा अध्ययन गरिएको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा समय लिएर बोल्दै उहाँले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक–पटक आग्रह गर्दा पनि प्रधानमन्त्रीबाट कुनै जवाफ नआएको बताउनुभयो । उहाले अव पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक नभए सदन बिरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिनुभयो । उहाले यसअघि भएको सहमति अनुसार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्ने प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले नेपाल बाल मन्दिरको जग्गा आफूखुसी भोगचलन गरेको बिषयमा छानविन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो । उहाले बाल मन्दिरको जग्गालाई कौडीको भाउमा बहालमा लगाउनेहरु कहलिएका व्यक्तित्व र व्यवसायी घरानाहरु भएको आरोप लगाउनुभयो ।

बैठकमा सांसद प्रेम सुवालले पूर्वाधार विकास गर्दा स्थानीयको भावनालाई सम्बोधन गरि काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।