लघुवित्तपीडितहरुको जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडी धर्ना

1 year ago

लघुवित्तपीडितहरुको जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडी धर्ना

 

लघुवितिय संस्थाहरुले ज्यादती गरेको भन्दै लघुवित्तपीडितहरुले जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडी धर्ना दिएका छन् ।

जिल्लाका बिभिन्न स्थानबाट प्रदर्शनसहित आएका उनीहरुले मंगलबार प्रशासन कार्यालय अगाडी धर्ना दिएका हुन् । उनीहरुले लघुवित्तीय संस्थाहरूबाट आफूहरू पिडित भएको भन्दै लघुवित्त खारेजीको माग गरेका छन् । त्यस्तै उनीहरुले नवसामन्तीको रुपमा स्थापित लघुवित्त संस्थाहरु खारेज गर, लघुवित्त संस्थाहरुद्वारा लगानी गरिएको सामूहिक कर्जा मिनाह गर, आम गरिबी किसानलाई निःशुल्क कर्जा प्रदान गर, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था गर लगाएतका माग राखेका छन् । ५ बुँदे माग राखी लघुवित्त संस्था विरुद्ध उदयपुरका स्थानीयहरु आन्दोलित बनेका छन् ।