रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने

1 year ago

रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने

 

राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ ।

सोमबार काठमाडौंमा बसेको स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकपछि सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन भने कायमै रहेको जानकारी दिनुभयो । नेपालको राजनीतिमा अर्को घटनाक्रम बिकसित नभएसम्म सरकारलाई दिएको समर्थन कायमै रहेको उहाले बताउनुभयो । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने प्रयास भइरहेको र उम्मेदवारले उम्मेदवारी फिर्ता दिने समय रहेकाले कसलाई मतदान गर्ने भन्ने बारे कुनै निर्णय नभएको उहाले बताउनुभयो । बैठकले चितवन २ को प्रतिनिधिसभा उपनिर्वाचनमा भाग लिने निर्णय गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको बुर्लाकोटीले जानकारी दिनुभयो ।

बैठकले उक्त उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ ।