रास्वपालाई सरकारमा सहभागी हुन उच्चस्तरीय राजनीतिक संयन्त्रको आग्रह

1 year ago

रास्वपालाई सरकारमा सहभागी हुन उच्चस्तरीय राजनीतिक संयन्त्रको आग्रह

 

सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रले सरकारमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको संयन्त्रको बैठकले सरकारलाई समर्थन गरेको रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरेको हो । गृह मन्त्रालयको विवादका कारण रास्वपा सरकार बाहिरिएको थियो ।

बैठकमा सरकारका कामकारवाहीका बारेमा समिक्षा भएको थियो भने मन्त्रीमण्डललाई पूर्णता दिने बिषयमा पनि छलफल भएको बताइएको छ । बैठकमा संयन्त्रका संयोजक एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुनुहुन्थ्यो ।